प्रदेश नं १, संस्कृति तथा पर्यटन मन्त्रालयबाट यसबर्षको कला तथा साहित्य पुरस्कारबाट  १९ जना श्रस्टा लाई भाेलि बिराटनगरकाे आराेहण गुरुकुलकाे सभा हलमा  सम्मान तथा परस्कृत गरिने भएकाे छ।सम्मानित हुनेमा साहित्यकार  मनु मन्जिल , ललितकलाकर्मी जय श्रेष्ठ , साहित्यकार  गोपाल देवान , चित्रकार  महेन्द्र राई , साहित्यकार  लिला अनमोल , ललितकलाकर्मी  यशोदा लम्साल , साहित्यकार मधु केरुङ , रङ्गकर्मी  बिमला चिमरिया लगायत श्रस्टा हरु रहेकाे संस्कृति तथा पर्यटन मन्त्रालयका अधिकृत भेषराज न्यौपाने ले जानकारि दिनु भयाे।


प्रदेश १ बाट वितरण गरिने भाषा कला साहित्य खोज अनुसन्धान वापतको कार्यकोलागी स्थापना गरिएको  पुरस्कारबाट बर्सेनि प्रदान गरिन्छ।यस वर्ष झापा बाट ३ जना श्रस्टा पुरस्कृत हुनु भएकाे छ।

भाषा, साहित्य, कला पुरस्कार तथा सम्मानद्वारा प्राडा केआर खम्बु, लीला अनमोल र बिमला चिमरियालाई पुरस्कार दिने प्रदेश सरकारले निर्णय गरेको हो ।

जीव वैज्ञानिक खम्बुको ‘छायाको लस्कर’, ‘मेरो अन्ुसन्धान यात्रा’ लगायतका पुस्तक प्रकाशित छन् ।

अनमोलका ‘दुख्छ’ गजल संग्रह, ‘बाँसुरी’ कविता संग्रह लगायतका कृति प्रकाशित छन् भने चिमरिया नाट्य तथा काब्य दुबै बिधामा सक्रिय स्रष्टा हुन् ।