सामाजिक उत्तरदायित्वमा सधैँ अग्रसर रहँदै आएको संस्था वीरता लेडिज जेसिस २०२५ बाट शिक्षाको क्षेत्रमा समेत सेवा गर्ने उद्देश्यले सोमबार लङ टर्म प्रोजेक्ट सुरु भएको छ। यस वर्ष सोही प्रोजेक्ट अन्तर्गत दीपज्योति आधारभूत विद्यालय माई नगरपालिका ६ इलाममा विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न गरेको  छ।उक्त कार्यक्रममा श्रेष्ठ ज्वेलरीले प्रायोजन गरेका सामग्रीहरूलाई बिरता लेडि जेसिस ले  वितरण गरेको हो ‌। वीरता लेडी जेसिसले दीर्घकालीन रुपमा प्रत्येक वर्ष नितान्त शिक्षाको क्षेत्रमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यसभन्दा अगाडि पनि बिरता लेडी जेसिसले सामाजिक उत्तरदायित्वका धेरै काम गरेर अग्रणी स्थान लिइसकेको छ।

बिरता लेडी जेसीसकी अध्यक्ष निशा शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेवा देय दबु प्रदेश नम्बर १ का पूर्व अध्यक्ष श्रेष्ठ ज्वेलरीका सञ्चालक इन्द्रबहादुर श्रेष्ठ, विशिष्ट अतिथि श्रेष्ठ ज्वेलरीका प्रोप्राइटर नारायण श्रेष्ठ, दिवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक तीर्थराज भारती, वीरता लेडि जेसीसको संस्थापक अध्यक्ष शारदा ढकाल लगायतको उपस्थिति रहेको थियो।

संस्थापक अध्यक्ष जेसी शारदा रिजाल ढकाल त्यसैगरीका सञ्चालक प्रमुख अतिथि इन्द्रबहादुर श्रेष्ठले शुभकामना दिनुभएको थियो भने कार्यक्रमको औचित्य माथि  पूर्व अध्यक्ष संगीता गिरी ले प्रकाश पार्नु भएको थियाे।

आस्था वाचन बिर्ता लेडी जेसिसकी सदस्य तारा रिजालले गर्नुभएको कार्यक्रममा स्वागत कार्यकारणी उपाध्यक्ष चन्द्रकला रिजालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव प्रभा रायले गर्नुभएको थियो।