ताप्लेजुङमा सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी थप दुई जना गम्भीर घाइते भएका छन्।

मृत्यू हुनेमा फुङलिङ नगरपालिका वडा न १० का सवारी चालक दुर्गा भट्टराइ, झापा भद्रपुर ८ निवासी वर्ष ७० का विनोद पौडेल निजको श्रीमती वर्ष ६९ कि सरिता पौडेल र भद्रपुर मावली घर भइ हाल ललितपुर निवासी वर्ष १६ कि आध्या आचार्य रहेका छन ।

झापा वाट आफ्नो सवारी लिइ हिजो  ताप्लेजुङ  गएका उनिहरुलाइ आज विहान ताप्लेजुङ वाट पाथिभरा दर्शन गर्न अर्को भाडाको गाडी लिएर गएको विकास कोइरालाले वताउनुभयो ।

यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्वरको जीप पाथीभरा  सेवारो चोकमा आज बिहान दुर्घटनामा परेको थियो। बिजुलीको पोलबाट लत्रिएको तारमा जीपले छोएपछि आगलागी भएको र दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुयो।

उहाका अनुसार दुई पुरुष र दुई महिला गरी चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको  छ । उनीहरू आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि लैजान हेलिकोप्टर झिकाउने प्रयास भइरहेको रावलले जानकारी दिनुभयो। उनका १० वर्षीय छोराको पनि उपचार भइरहेको छ।जीप यात्रु लिएर बिहान करिब ५ बजेतिर सदरमुकाम फुङलिङबाट हिँडेको थियो।