नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैठौं वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न

नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको छैठौं वार्षिक साधारण सभा बिर्तामोडमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय मारवाडी युवा सङ्घका केन्द्रीय अध्यक्ष मनोज अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उद्योगी व्यवसायी नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छा रहनुभएको थियो।
प्रमुख अतिथि उद्योगी व्यापारी सुरेन्द्र गोल्छाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
त्यसैगरी नेपाल राष्ट्रिय मारवाडी परिषद्का महासचिव चतुर्भुज सारिया, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी अध्यक्ष श्रीमती निर्मला जोशी, नेपाल राष्ट्रिय मारोडी युवा संगठनका संस्थापक महासचिव फूलकुमार लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक उपाध्यक्ष नन्दकिशोर राठी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका पूर्व अध्यक्ष बजरङ्ग अग्रवाल, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहनकुमार मितल ,बिर्तामोड नगरपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष राहुल शर्मा, अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल, बालाजी मन्दिर व्यवस्थापन समितिका संयोजक नवीन गोयल, रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति मनोज अग्रवाल ,मारवाडी महिला मञ्च बिर्तामोडकी अध्यक्ष नीलम अग्रवाल, मारवाडी युवती मञ्चकी संयोजक रिचा मङ्गल त्यसैगरी नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सदस्य पदाधिकारी क्षेत्रीय सभापति तथा देशभरका २६ वटा मञ्चका अध्यक्ष एवं पदाधिकारीको आतिथ्यता रहेको थियो।
कार्यक्रममा महासचिव द्वारा संगठनको गतिविधि प्रस्तुत गरिएको थियो। महासचिव विनीत बेरुवालद्वारा संगठनले समाजसेवा ,युवा सशक्तिकरण तथा विविध सामाजिक गतिविधिहरुमा पुर्याएको योगदान केन्द्रीय स्तरका कार्यक्रमहरू र भावी योजनाहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो। संगठनद्वारा शिक्षा ,स्वास्थ्य, वातावरण संरक्षण ,रक्तदान, विपद व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरिएका उल्लेखनीय कार्यको बारेमा जानकारी गराइएको थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश र स्वागत कार्यक्रमका संयोजक उद्योगी युवा व्यवसायी सुमित साहेवालाले गर्नुभएको थियो। मारवाडी युवती मञ्चद्वारा स्वागत नृत्य एवं सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई मनोरञ्जन प्रदान गरिएको थियो।
कार्यक्रमको बीचमा श्री परमानन्द केजरीवाल राष्ट्रिय प्रतिभा पुरस्कारबाट एसइइ परीक्षामा मारवाडी समुदायबाट प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई आर्थिक पुरस्कार प्रदान गरिएको थियो। सो कार्यक्रमका पुरस्कार दाता प्रकाश केजरीवाललाई सम्मान गरिएको थियो। कार्यक्रमको बीचमा बृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत मारवाडी युवा मञ्च इटहरीलाई एकै दिन १०१ बिरुवा रोपेर उत्कृष्ट काम गरेकोमा सम्मान गरिएको थियो।कार्यक्रम अन्तर्गत ७० प्रिन्ट रक्त संकलन गर्ने मारवाडी युवा मञ्च भैरवालाई सम्मान गरिएको थियो। नेपाल राष्ट्रिय मारवाडी युवा संगठन का क्षेत्र ‘क ‘का सभापति दिपक मित्तलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।