अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बिर्तामोड उद्योग वाणिज्य सङ्घ अन्तर्गत बिर्तामोड महिला उद्यमी समूह ले आज बिर्तामोड वडा नम्बर ३, र १० काे सिमानामा पर्ने विराट पोखरको सुकुम्बासी बस्तीमा खाद्यान्न सामग्री वितरण गरेको छ। सुकुम्बासी बस्तीकी ल्याङ्री ऋषिदेवको गत ५ दिन अगाडि दुःखद निधन भएको थियो।उनीहरूलाई खान लाउनको समस्या भएको कारण केही दिनका लागि मात्र भएपनि केही राहत मिलोस् भनेर महिला उद्यमी संघले नुन तेल दाल आलु चामल सब्जी लगायतको खाद्यान्न सामग्रीहरू वितरण गरेको छ।

यसभन्दा अगाडि पनि महिला उद्यमी समूह बिर्तामोडले विपन्न वर्गलाई विभिन्न ठाउँमा खाद्यान्न तथा लत्ता कपडाहरू वितरण गर्दै आएको थियो। उद्यमी समूहले आफ्नो व्यक्तिगत खर्च कटाएर केही रकम जम्मा गरी विभिन्न ठाउँमा  पीडित मानिसहरूलाई  सहयोग गर्दै आएको छ।

महिला उद्यमी समूह झापाको बिर्तामोडमा मात्रै होइन जिल्लाका विभिन्न क्षेत्रमा पुगि सक्रिय रही सामाजिक क्षेत्रमा कर्म गर्दै आएको संस्थाको रुपमा स्थापित भएको छ। त्यति मात्रै होइन महिला उद्यमी समूहले महिलाहरूको क्षमता अभिवृद्धि, महिलाहरूलाई सबल र सक्षम बनाउन विभिन्न किसिमका तालिमहरूको समेत व्यवस्थापन गर्दै आइरहेको कुरा संस्थाकी अध्यक्ष राधिका चुडालले बताउनुभएको छ।