ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच आज दिउँसो झडप

ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच बिहीबार दिउँसो झडप भएको छ । झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ ।
पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको जनाए ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
यो पनि पढनुहोस:
कांग्रेसको पदाधिकारी बैठक आज, १४ औं महाधिबेशनबारे बैठक केन्द्रित
प्रदेशका मन्त्रीले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हट्याे
जनताको संविधानको रक्षाका लागि गठबन्धन आवश्यकता-नेपाली कांग्रेस प्रदेश नं–१ का सभापति थापा
भारतीय राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश