राजनीतिज्ञ, साहित्यकार एवम् समाज सेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था “अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले” २०८१ को साहित्य सम्मान पुरस्कार,साहित्यकार श्री कृष्ण धरावासी र कवि श्री स्वप्नील स्मृतिलाई प्रदान गर्ने निर्णय गरेको छ । यो पुरस्कारमा ५० हजार राशी रहेको छ ।
विसं २०७६ सालदेखि प्रदान गर्न थालिएको यस पुरस्कार प्रत्येक वर्ष २ प्रतिभालाई प्रदान गर्ने गरिन्छ ।
यो पुरस्कारले विसं २०७६ मा डा.देवी क्षेत्री दुलाल र मुनाराज शेर्मा, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७९ मा श्रवण मुकारुङ र प्रेम ओझा त्यस्तै २०८० मा बिमला तुम्खेवा र गिरिराज बास्कोटा पुरस्कृत भइ सकेका छन् ।
स्व. अमर नेम्बाङ राजनीतिज्ञ तथा साहित्यकार थिए । । उनका ‘सम्झनाका तरेलीहरु’ (संस्मरण), ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ (कविता ) लगायतका कृतिहरु प्रकाशित छन्।
यो पुरस्कार आगामी माघ २६ गते फिदिममा एक समारोहका बीच समर्पण गरिने र सो अवसरमा जनकल्याण मावि फाकतेप फाल्गुनन्द -५ का कक्षा ११ मा अध्यनरत बिद्यार्थी अन्जना चेम्जोङलाई छात्रबृत्ति समेत वितरण गर्ने कार्यक्रम रहेको अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले जनाएका छन् ।