बिरता लेडी जेसिज बिर्तामोड ले बिहिवार साझ बिर्तामोड अन्तर्राष्ट्रिय औधोगिक महाेत्सवमा समुदाय प्रहरी साझेदारी लागू औषध बिरुद्द सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ।

बिर्ता लेडी जेसिजकि अध्यक्ष निसा शाक्यकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे प्रमुख आतिथ्यता जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गणेश पौडेल रहनु भएकाे थियाे।एविसी नेपाल झापाकि अध्यक्ष कन्चना सिटौला ढकाल,अर्जुनधारा जेसिजका अध्यक्ष नारायण गाेदार,रेडियाे बिराटका समाचार प्रमुख अधिवक्ता देवेन्द्र प्रसाईं ,बिर्ता लेडी जेसिजकि संसथापक अध्यक्ष शारदा ढकाल,पुर्व अध्यक्ष संगिता गिरी,लेडि जेसिजकि निवर्तमान अध्यक्ष मिनु लाेहनी ओली लगायतकाे आतिथ्यता रहेकाे थियाे।

शुभकामना दिदै एवीसी नेपाल झापाका अध्यक्ष कन्चना सिटौला र प्रमुख अतिथि प्रहरी निरीक्षक पौडेलले लागू औसध ले दिन प्रतिदिन युवा हरु मा बिकराल अवस्था रहेकाे र यस लाई नियन्त्रण गर्न सबै भन्दा प्रमुख भुमिका आमा काे हुने बताउनु भयाे।

लागुपदार्थ दुर्व्यसन जसले एक व्यक्तिले आफ्नो सामान्य जिम्मेवारी बिर्सिन्छ, जस्तै विद्यालय कार्य, साधारण कामकाज, छोराछोरी वा अन्य हेरचाह गर्नुपर्नेहरूको जिम्मेवारी समेत लिन असफल रहन्छन् । सरसफाई कार्यमा अति कमजोर, अनिद्रा, खाना अरुचि, समय व्यवस्थापन अति कमजोर, अल्छिपन, क्रोध, विरोधि, नकारात्मक सोच हावि हुने, शत्रुतापूर्ण व्यवहार, नराम्रो संगत, अस्थिर प्रकृति, कमजोर मनोवल, व्यक्तिगत सम्पत्ति वा घरका वस्तुहरू हराइरहेको हुन सक्छन् वा अचानक धेरै पैसा साथमा हुन सक्छ, यस्तो प्रकृति, विशेषता र व्यवहार रहेमा लागुऔषध दुर्व्यसनमा फसिरहेको आशंका गरिहाल्नु पर्दछ ।

लागू औसध बाट एक व्यक्तिले सुधार कार्यक्रम ध्यानपूर्वक छनौट गर्नुपर्छ। प्रभावकारी सुधार कार्यक्रम लागुऔषधको सेवन कम गर्न वा लागुऔषध मुक्त जीवन रमाइलो गर्न एक व्यक्ति सेवन गर्ने इच्छाहरू हटाउन सक्षम हुनुपर्छ । प्रत्येक व्यक्तिले जुन परिस्थितिमा पहिले लागुऔषध प्रयोग गर्न थालेका थिए त्यसलाई सुधार गर्नु पर्छ, र तिनीहरूले सो कुलतद्वारा नष्ट भएको जीवन प्रतिस्थापन गर्न नयाँ जीवन पुनर्निर्माण गर्नुपर्छ । एक व्यक्तिले जे बाहाना बनाएपनि, सुँघ्ने लागुपदार्थ तथा कुलत लाग्ने लागुपदार्थको वा अन्य पदार्थ दुर्व्यसन आफूलाई र तिनीहरूलाई वरिपरि अन्य मानिसहरूलाई खतरनाक र हानिकारक हुन्छ ।

एक व्यक्तिलाई मद्दत गर्ने सबैभन्दा राम्रो तरिका तिनीहरूलाई रोक्न सक्नु हो । दुर्भाग्यवश, धेरै यस्ता कुलतमा फसेका मान्छे आफ्नै समस्या हेर्न असफल हुन्छन् र मद्दत इन्कार गर्दछन् । हामी सजग हुनुपर्दछ की लागुऔषध दुर्व्यसनले हाम्रो स्वास्थ्य, व्यक्तित्व, सामाजिक प्रतिष्ठा, पारिवारिक ओज, राज्यको व्यक्तिप्रतिको अपेक्षामा समेत प्रतिकुल असर पारिरहेको हुन्छ । जसको प्रभाव सिंगो राज्यले भोग्नुपरेको हुन्छ भने यसलाई सबै ब्यक्ति, परिवार, समुदाय र सरकारी तथा गैह्रसरकारी निकाय मिलेर समाधानको बाटोतर्फ लैजानु पर्दछ ।

कार्यक्रम काे बिचमा सचेतना मुलक नाटक समेत प्रस्तुत गरिएकाे थियाे।

स्वागत उपाध्यक्ष तारा वस्नेतले स्वागत गरेकाे कार्यक्रममा अस्मिता राई कुरुङ्वा आस्था वाचन गर्नु भएकाे थियाे।

मिसन भिजन उपाध्यक्ष एलिना रिजालले गर्नु भएकाे थियाे भने कार्यक्रम काे औचित्य माथि प्रकाश बिर्तालेडी जेसिज काे निबर्तमान अध्यक्ष मिनु लाेहनी ओलीले गर्नु भएकाे थियाे।महासचिव प्रभा रायमाझी ले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे।