नइले नौ बालबालिका लाई “नइ देरुनीखपु पुरस्कार” दिने निर्णय

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
नइ देरुनीखपू पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन, खेलकुदतर्फ सुप्रिया ऐर रहेकाछन् ।पुरस्कारका राशि जनही दस हजार रूपियाँ र ताम्रपत्र रहेकाे छ।
यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ ।
पुरस्कारका राशि जनही सात हजार रूपियाँ र ताम्रपत्र रहेकाे छ ।ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको छ ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको सदस्य सचिव नरेन्द्र राज प्रसाईले जानकारी दिनु भयाे।