पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री सिटौलाले गर्नु भयाे लक्ष्मण स्मृति भवनकाे सिलान्यास

नेपाली काङ्ग्रेस बिर्तामोड नगर भेला तथा लक्ष्मण खड्का स्मृति भवन नेपाली काङ्ग्रेस नगर समिति कार्यालयकाे सिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ।भाेज राज सिटौलाकाे अध्यक्षतामा भएकाे कार्यक्रम काे प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री कृण्ण प्रसाद सिटौला ले आज सिलान्यास गर्नु भएकाे थियाे। झापाको बिर्तामोडमा लक्ष्मण खड्का स्मृति भवनको शिलान्यास गर्नुभएको हाे ।
सो भवन बिर्तामोड नगरपालिका – ३ को बिर्ताबजारमा बन्दै छ। झापा कांग्रेसका तत्कालीन जिल्ला सहसचिव लक्ष्मण खड्काको स्मृतिमा सो भवन बन्ने भएको हो ।
भवन निर्माणका लागि लक्ष्मण पत्नी अञ्जु , छोराछोरीद्वय आशुतोष र आइसा खड्काले एक करोड मूल्य पर्ने एक कठ्ठा जग्गा कांग्रेस बिर्तामोड नगर समितिलाई नि:शुल्क उपलब्ध गराउनु भएको छ ।
निर्माण समिति संयोजक सजेश शिवाकोटीले भवन एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने बताउनुभयो । सभाहल सहितको दुई तले सो भवनमा बिर्तामोड कांग्रेसको पार्टी कार्यालय, अन्य भ्रातृसंघ, संगठनका कार्यालय रहनेछन् ।
भवन शिलान्यास गर्दै नेता सिटौलाले कांग्रेस आफैंले आफ्नो भवन निर्माण गर्नु पर्ने बताउनुभयो । “पूँजीपतिले दान दिएको जग्गा र भवन कांग्रेसले लिँदैन” उहाँले भन्नुभयो,” लक्ष्मण पत्नी अञ्जुले पतिको स्मरणमा पार्टीलाई जग्गा दिनुभयो, कांग्रेस कार्यकर्ताको लगानीमा भवन बन्छ, बनाउनुपर्छ ।”
पार्टीको नीति, सिद्धान्त र विचार नमान्ने विकृति सबै पार्टीमा देखिएको छ’–उहाँले भन्नुभयो–‘नेपाली कांग्रेस प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय तहमा प्राप्त जनमतका आधारमा सबैभन्दा ठूलो पार्टी हो । हामीले आफू अनुशासित भएर अरुलाई राजनीतिक संस्कार सिकाउनुपर्छ । ’
सरकारले केही गरेन भनेर नकारात्मक दृष्टिकोणमात्रै नराख्न आग्रह गर्दै उहाँले २०४६ सालअघि र अहिलेको अवस्था तुलना गरेर भएका परिवर्तनको प्रसंशा, गर्नैपर्ने कामबारे सरकारलाई सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा बिशिस्ट अतिथि संविधान सभा सदस्य सधिर शिवाकोटी ,जिल्ला सभापति देउमान थेवे,केन्द्रीय सदस्य शुशिला ढकाल आचार्य लगायत काे आतिथ्यता रहेकाे थियाे।
बिर्तामोड वार्ड न: २ सभापति देबी खरेल,बिर्तामोड क्षेत्र नः २ ख सभापति किरण श्रेष्ठ,जिल्ला सदस,देबीका बस्नेत,खगेन्द्र मैनाली क्षेत्रिय सभापति ,काेशी प्रदेश सदस्य मिरा खड्का,लक्षमण खड्का स्मृति भवन निर्माण समिति अध्यक्ष शजेस सिवाकोटी,झापा जिल्ला सभापति देउमान थेवे,केन्द्रीय सदस्य शुशिला ढकाल लगायतले शुभकामना मन्तब्य दिनु भएकाे थियाे।मन्तब्य राख्ने अधिकांश बक्ताहरुले लक्ष्मण खड्काको ब्यक्तित्व, सहयोगी भावना, सक्रियता शाहसी कार्यशैलीका बारे चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए भने उहाँको स्मृतिमा जग्गा प्रदान गर्ने लक्ष्मण खड्काकी श्रीमती अञ्जु खड्काप्रति आभार ब्यक्त गरेका थिए । नेपाली कांग्रेस झापाको सहसचिव पदमा बहाल रहेकै बेला लक्ष्मण खड्काको २०७४ साल चैतमा अल्पायुमै निधन भएको थियो ।
स्वागत बिर्तामोड संगठन बिभाग प्रमुख कुल प्रसाद खरेल ले गर्नु भएकाे थियाे भने काेषाध्षक्ष जल कुमार गुरुङले कार्यक्रम काे औचित्य माथिकाे प्रकास पारेकाे कार्यक्रम काे सञ्चालन क्षेत्र नः२ (क) का सभापति लक्ष्मी आचार्यले गर्नु भएकाे थियाे।