प्रेस युनियन झापाले बार्षिक साधारणसभा र बनभाेज दाेमुखामा

नेपाल प्रेस युनियन झापाले बार्षिक साधारण सभाका साथमा बनभाेज कार्यक्रम झापाकाे पर्यटकिय क्षेत्र शिवसताक्षिकाे दाेमुखामा सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन झापाका सभापति गिरीराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवे, कांग्रेस उपसभापति केशवराज पाण्डे, सचिव कृृण्ण हुमागाई,सचिव नबिन बिमली, प्रेस युनयिनका केन्द्रिय महासचिव दिलिप पौडेल, प्रेस काउन्सिलका सदस्य गणेश पोख्रेल,कमल गाउपालिका अध्यक्ष हुकुम सिंह राई,दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुव्रत न्पौपाने, सञ्चारिका समूह झापाकि अध्यक्ष लिला अनमाेल,प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदाल, समाजबादी प्रेस संगठन झापाका अध्यक्ष शम्भूजित दाहाल, महासंघका पूर्व अध्यक्षहरु, पत्रकार महासंघका सदस्यहरु लगायतको आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र झापा जिल्लामा बिभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मानसमेत गरिएको थियो । साथै प्रेस युनियनमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।
नेपाल प्रेस युनियन झापाका सदस्य देबेन्द्र प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रेस युनियन झापाका सचिव अर्जुन राजवंशीले गर्नु भएकाे थियाे ।