रेडियो बिराटकाे आयाेजना मा २ दिने उद्घाेषण तथा नेतृत्व बिकास तालिमकाे आज उद्घाटन गरिएकाे छ।रेडियो बिराटका प्रवन्ध निर्देशक लिला अनमाेलकाे अध्यक्षतामा बिर्तामोड वार्ड न : ६ का वार्ड अध्यक्ष सुर्य प्रसाद कन्दङ्वाकाे प्रमुख आतिथ्यता मा सम्पन्न भएकाे छ।कार्यक्रममा बिशिस्ट अतिथि वार्ड सदस्य जिवन बास्काेटा,खेमनाथ अधिकारी लगायतकाे आतिथ्यता रहेकाे थियाे। प्रमुख अतिथि कन्दङ्वाले ब्यानर पढेर कार्यक्रम काे उद्घाटन गर्दै प्रशिक्षार्थी हरु लाई सिकाका कुरा हरु लाई व्यवहार मा परिणत गरेर आफ्नाे टाेल समितिमा भएका किभिन्न कार्यक्रम काे सञ्चालन आफै गर्ने सक्ने हुनका लागि शुभकामना दिनु भयाे।

कार्यक्रममा बिर्तामोड वार्ड न: ६ भित्र रहेका टाेल बिकास समिति का सदस्य हरुकाे सहभागिता रहेकाे थियाे।उद्घाेषण कार्यक्रम काे सहजिकरण रेडियो बिराटका सञ्चालक देवेन्द्र प्रसाईं र लिला अनमाेलले गर्नु भएकाे थियाे। कार्यक्रममा बिर्तामोड ६ का बिभिन्नटाेल बिकास वाट ३० जना भन्दा वढिकाे सहभागीता रहेकाे छ।कार्यक्रम बिर्तामोड ६ मा रहेकाे जलकन्या मन्दिरमा भाेलि सम्म सञ्चालन हुने छ।