हात्तीको आक्रमण वाट दमकमा एक काे मृत्यु

आज विहान २ बजे तिर झापाकाे दमकमा हात्तीकाे आक्रमण वाट एकजना काे मृत्यु भएको छ ।
आइतबार विहान २ वजे दमक नगरपालिका–३, दिपज्योति टोल स्थित जंगलबाट आएको हात्तीले ४५ वर्षीय मिनबहादुर भण्डारीलाई धपाउन खोज्दा एकसय मिटर परसम्म लखेटेर पछार्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार जंगलबाट आएको हात्तीले स्थानीय सुबिन भट्टराईको किचन घर भत्काउन लाग्दा छिमेकी भण्डारीले धपाउँन खोज्दा उनलाई लखेटेर आक्रमण गर्दा मृत्यु भएको हो ।