बिर्तामोड नगरपालिका वार्ड न ६ काे सहयाेगमा सरगम संगीतालय बिर्तामोड झापाले बहुजातीय सांस्कृतिक महाेत्सव तथा वडा स्तरिय एकल नृत्य प्रतियोगिता आज सम्पन्न गरेकाे छ।सरगम संगीतालय ब्यवस्थापक अध्यक्ष लिला खत्रीकाे सभापतित्व तथा वार्ड नः६ का वार्ड अध्यक्ष सुर्य प्रसाद कन्दङ्वाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे छ।बिशिस्ट अतिथि कन्चनजंघा स्कुलका फाउण्डर प्रिन्सिपल गुरुभक्त न्यौपाने,वार्ड सदस्य हरु खेमनाथ अधिकारी ,जीवन बास्काेटा,गिता रेग्मी,नेकपा एमाले नगर अध्यक्ष शुभास भट्टराई ,सममजसेवी गणेश कन्दङ्वा,सञ्चारकर्मि देबेन्द्र प्रसाईं लगायतकाे आतिथ्यता रहेकाे थियाे।
बिर्तामोडकाे नगरमा वसाेवास गर्ने विभिन्न जातजातिहरुकाे सांस्कृतिक नृत्य झाकि हरु राष्ट्रिय वाजा नौमति वाजा,चौधरी थारु नृत्य,तामाङ सेलाे,सन्थाल नृत्य ,राई जातिकाे नृत्य,लिम्बू जातिकाे नृत्य,भुजेल समुदायकाे धामि नृत्य ,बालन नृत्यहरु प्रस्तुत गरिएकाे थियाे।

कार्यक्रम काे बिचमा यस वडामा रहेर विभिन्न क्षेत्रमा याेगदान पुर्याउने ४ जना ब्यक्तित्व हरु लाई सम्मान गरेकाे छ।साहित्यकार सञ्चारकर्मी लिला अनमाेल लाई सम्मान गरेकाे छ।त्यस्तै खेलाडि कुशल मेचे,नृत्य प्रशिक्षक अजय चौधरी,,फुटबल खेलाडी रबिन राई ,बाल गायक अर्नव वन लाई कदरपत्र सहितकाे सम्मान गरिएकाे छ।

वडा स्तरिय प्रतियोगितामा जम्मा १५ जनाकाे सहभागीता रहेकाे थियाे।प्रथम ,दृतिय र तृतीय क्रमश निसा तामाङ्ग,आराेहि रायमाझी ,राेस्नि राई र सानत्वना पुरस्कार वाट ईन्दु राई र निनिसा माहरा भएका छन।प्रतियाेगि बिजयी लाई जनहि प्रथम हुने लाइ कन्चनजंघा स्कुलकाे तर्फ वाट १५०००,दृतिय हुने लाई ईन्द्र चन्द्र क्याम्पसकाे तर्फ वाट १०००० र तेस्राे लाई न्युटन ,एभरेस्ट स्कुल वाट ५००० राषिकाे रकम बितरण गरेका थिए।

प्रमुख अतिथि कन्दङ्वाले लाेप हुन लागेका विभिन्न जातिका नृत्य झाकि प्रस्तुत गर्नका लागि बहुजातीय सास्कृतिक महाेत्सव काे लगि स्थानिय युवा हरुकाे सहभागीतामा बृहत् कार्यक्रम काे आयाेजना गरेकाे मा आयाेजक सरगम संगीतालय लाई धुन्यवाद दिदै प्रशंसा गर्नु भयाे।यस्ता खालका कार्यक्रम हरु आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्दता जनाउनु भयाे।
आयाेजक संस्थाका प्रवन्धक दिपक रायमाझी ,स्थानिय युवा हरु एलबिन्द्र खत्री,अर्जुन खवास,मदन रसाइली ,राम बिस्ट लगायतकाे अथक परिश्रम वाट बृहत् कार्यक्रम सफल भएकाेमा सरगम संगीतालयका ब्यवस्थापक लिला खत्रीले धन्यवाद दिनु भयाे।वडा परिवार,कन्चनजंघा स्कुल,इन्द्र चन्द्र क्याम्पस,न्युटन एजुकेसनकाे सहयाेगकाे खुलेर प्रशंसा गर्नु भयाे।