बुढाथोकी काे `याङरुप´ लाेकार्पण
कार्तिक २३, २०८१ बिर्तामोड
देवेन्द्र प्रसाईं
आख्यानकार ज्ञानु बुढाथोकीको प्रथम कृति ‘याङरुप’ उपन्यास विमोचन गरिएको छ । लेखक बुढाथोकीको चार बर्षको प्रयासपछि प्रकाशन गरिएको उक्त कृतिको आज बिर्तामोड काे सिटि सेन्टर मा एक समारोहका बिच लोकार्पण गरिएको हो ।
उपन्यासको लोकार्पण साहित्यकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धरावासी,प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा. बालचन्द्र सुब्वाले संयुक्त रुपमा गर्नु भएकाे थियाे ।
झापाली साहित्य समाज र सप्तक संगीत बिद्यालय झापाको संयुक्त आयोजनामा भएको कार्यक्रम मा बिशिस्ट अतिथि प्रा.डा. टंक न्यौपाने, प्रा.डा. बद्री बिशाल पोखरेल, मधु केरुङ, चन्द्र भण्डारी, तारा विविध, डा. बालचन्द्र सुब्वाले पुस्तक काे समीक्षा गर्नु भएकाे थियाे । सञ्चारकर्मी ,साहित्यकार लीला अनमाेलले शुभकामना दिनु भएकाे थियाे। लेखकको परिचय परिचर्चा रिता पोखरेलले गर्नु भएकाे थियाे।कलाकारकाे परिचयका क्रममा साहित्यकार रिता पाेख्रेलले दर्शक लाई भावुक बनाउनु भएकाे थियाे।क्यान्सर सग लेखक बुढाथोकी हाेइन क्यान्सर चै बुढाथोकी सग लडिरहेकाे बताउनु भयाे।
प्रमुख अतिथि धरावासीले आत्मवल दर्हाे हुने हाे भने राेग लाई सजिलै जित्न सक्ने बताउनु भयाे।लेखक लाई अझ साहित्यमा सक्रिय हुन शुभकामना दिनु भयाे।झापामा साहित्य गतिविधि मा सक्रिय भएकाेमा झापाली साहित्य सममज लाई धन्यवाद दिनु भयाे।
उपन्यास बिमोचन कार्यक्रममा सप्तक संगीत बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न संगीतमय कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । लोकार्पण कार्यक्रममा गैर्ह साहित्य ब्यतित्वहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।
डा. कुमार मणि सुवेदीले स्वागत गरेकाे लोकार्पण कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गर्नु भएकाे थियाे।