बिर्तामोड ६ स्थित काे धरधरे खाेला छठ पुजा समितिले सांस्कृतिक कार्यक्रम सहित छठ पुजा सम्पन्न गरेकाे छ।अस्ताउदाे सुर्य लाई अर्घ दिएर श्रदालु भक्तजन हरुले आज दिनभरकाे निराहार व्रत वसेर साझकाे सुर्य लाई अर्घ दिएका छन भने आज रातभर जाग्राम वसेर बिहान उदाउदाे सुर्य लाई अर्घ दिएर पुजा समापन हुने छ।झापाका मेचि,देउनिया,अदुवा खाेला,बिरिङ, कन्काइ,रतुवा लगायतका खाेला नदि किनारमा भक्तजनकाे भिड देखिएकाे छ।
बिर्तामोड ६ काे धरधरे खाेलामा स्थानीय नागरिक अगुवा अर्जुन खवासकाे संयाेजनमा छठ पुजा समितिले ब्यवस्थापन गरेर छठ पुजा गरेकाे छ।
आजकाे छठ पुजा तथा सास्कृतिक कार्यक्रम एलबिन्न्द्र खत्री काे अध्यक्षतामा र बिर्तामोड वार्ड नः ६ का वार्ड सदस्य खेम नाथ अधिकारी काे प्रमुख आतिथ्यता मा सम्पन भएकाे छ।कार्यक्रममा वार्ड सदस्य जीवन बास्काेटा,गिता रेग्मी ,सञ्चारकर्मी देबेन्द्र प्रसाईं,समाजसेवी ज्ञानेन्द्र भेट्वाल,यादव खतिवडा ,भवानी शिवाकोटी लगायतकाे उपस्थिति रहेकाे थियाे।
स्थानीय क्षेत्रमै आफ्नाे धर्म ससंकृति जाेगाउनकाे लागि आफ्नै ठाउमा घाटकाे निर्माण गरि पुजाकाे ब्यवस्थापन गर्न अग्रणि भुमिका निभाउने स्थानिय युवा अर्जुन खवास लगायतकाे प्रशंसा गर्दै प्रमुख अतिथि खेम नाथ अधिकारी,बिशिस्ट अतिथि जीवन बास्काेटा र देवेन्द्र प्रसाईं ले शुभकामना दिनु भयाे।
स्थानिय कलाकारले गित र नृत्य ले भरपुर मनाेरञ्जन दिएका थिए।कार्यक्रम काे सञ्चालन सरगम संगितालयका प्रवन्धक दिपक रायमाझी ले गर्नु भएकाे थियाे।