गाेरुले हानेर घाईते शर्माकाे उपचारका क्रममा मृत्यु
झापा गौरादह नगरपालिका-७ जामबारीका कृण्ण शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको थियाे। गोरुले हानी घाइते बनेका शर्माका ढाडका ७ वटा करङ भाँचिएका थिए।
उनलाई लाइफ लाइन अस्पताल दमकमा उपचार गराउँदा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो। उपचारका क्रममा उनको नोबेल अस्पतालमा आज साझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
साथै सोही गोरुलाई समाउने क्रममा उनका छिमेकी रविन राजवंशी पनि घाइते भएका छन्। राजवंशीको टाउकोमा चोट लागेको छ।