झापाको बिर्तामोडका चार जना युवा व्यवसायीहरु मिलेर स्विट्स ब्यावसाय सञ्चालन मा ल्याएका छन। राेनल मित्तल ,सौरभ अग्रवाल, अनुराग अग्रवाल, र शुभम् अग्रवालले स्वीट्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन । रेष्टुरेन्टमा करिब ८० लाख लगानी भएको सञ्चालक रोनल मित्तलले जानकारी दिनु भयाे। ।
बिर्तामोडकाे सुगम पम्प पश्चिम पट्टि ‘छप्पन भोग’ स्न्याक्स एण्ड स्विट्स रेष्टुरेन्टको शुभारम्भ गरिएको छ । आईतबार एक कार्यक्रमका बिच सिटी सेन्टरको पूर्वमा जेस्ठ नागरिक सामाजिक ब्यक्तित्व द्वारिकाप्रसाद मित्तलले रेष्टुरेन्टको उद्घाटन गर्नु भएकाे थियाे ।
शुद्द घ्यु वाट गुणस्तरीय मिठाई बिक्री गर्ने उद्धेश्य र गुणस्तरीय मिठाई खरिद गर्न भारतीय बजारमा जानु नपरोस् भन्ने उद्देश्यले रेष्टुरेन्ट सञ्चालनमा ल्याएको स्ञ्चालक राेनल मित्तलले ले बताउनु भयाे ।
रेष्टुरेन्टमा मिठाइको ५६ वटा आइटम उपलब्ध हुने उहाको भनाई छ ।

णरेष्टुरेन्टमा मिठाईसगै स्न्याक्स र गिफ्ट ह्याम्परको रुपमा ड्राई फ्रुट्सपनि उपलब्ध रहेको छ । न्यूनतम १२ सय देखि ८ हजार मूल्य सम्मको ड्राई फ्रुट्स आकर्षक बाकसमा उपलब्ध हुने सञ्चालक मित्तलले जानकारी दिनु भयाे।