झापाकाे हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा घाँस काटेर फर्किदै गरेका वाङदी गुरूङलाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

आज विहान ९ वजे उक्त वनमा घास काटेर फर्किएका अन्दाजी ६५ वर्षका गुरूङलाई ८/१० वटा हात्तीले लखेटी लछार पछार पारी कुल्चेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डिएसपी कृष्णकुमार चन्दले वाङदीलाई ९ वजे हात्तीले खेदाइ खेदाइ मारेकाे जानकारी दिनु भयाे ।