राउन्ड टेवल नेपालले काम नलाग्ने कागज लाई रि-साइकल गरि शिक्षामा लगानि गर्ने

“शिक्षा सबैको आवस्यकता “भन्ने मूल नाराका साथ, पेपर वेस्ट मनेज्मेंट कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालद्वारा काम नलाग्ने कागजलाइ रि-साइकल गरि उक्त रकम लाइ गरिब तथा जेहेन्दार विद्यार्थीलाई आवस्यक शिक्षा प्रदान गर्ने महान उदेश्यका साथ सुरुवात गरिएको कार्यक्रममा बिर्तामोड ६ मा रहेकाे तक्षशिला प्रोग्रेशिव स्कूल द्वारा सहयोगको प्रतिबद्धता अनुरुप संझौता पत्र मा हस्ताक्षर गरिएको छ ।
स्कूल ब्यवस्थापक लाइ साथ तथा सहयोग का निमित्त बिशेष धन्यबाद दिएकाे थियाे । कार्यक्रममा स्कूलका व्यवस्थापन समिति प्रमुख द्वारा उपस्तिथ विद्यार्थीहरुलाई कागज रि- साइकल को आवश्यकता का बारेमा जानकारी गराउदै पूर्ण साथ् सहयोगको प्रतिबध्ता व्यक्त गरिएका थिए। राउण्ड टेबल २७ बिर्तामोड का अध्यक्ष मनाेज गोयल द्वारा कार्यक्रममा स्कूल व्यबस्थापन समितिका शिक्षक विक्टर जोसेफ , मनिषा खवास लगायत सम्पूर्ण तक्षशिला टिमलाइ हार्दिक आभार व्यक्त गरेका छन् ।
कार्यक्रममा बिर्तामोड राउण्ड टेबल २७ का अध्यक्ष मनोज गोयल , उपाध्यक्ष विकास अग्रवाल ,सचिव दिपक मित्तल , सदस्य मोहित अग्रवाल , सुमित पेडिवाल , विनिता गोयल लगायत को उपस्तिथी रहेको थियो | कार्यक्रमको संचालन शिक्षक मनिषा खवास ले गर्नु भएकाे थियो |