श्रीअरिदमन गण चारालीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
असाेज १४ २०८१ झापा
देवेन्द्र प्रसाई बिर्ताामाेेड-
झापाकाे चारालीमा रहेकाे श्रीअरिदमन गणको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेकाे छ।
मेचीनगर -३ बाहुण्डाँगी स्थित लिम्बुटारमा आज साेमवार श्रीअरिदमन गण चारआली ब्यारेक झापाको आयोजना र डिस्ट्रिक मेडिसिन रिप्रेजेनटेटिभ एसाेसिएसन तथा मेचीनगर नगरपालीकाको समन्वयमा एक दिने निःशुल्क स्वास्थ्य शिविर तथा सचेतना मुलक कार्यक्रम संचालन गरिएको थियो ।
नेपाली सेना तथा जिल्ला स्थित विभिन्न अस्पतालहरुमा कार्यरत डा.अधिकृत लगायत दक्ष स्वास्थ्यकर्मीहरुबाट हाड जोर्नी तथा नशा, स्त्री तथा प्रस्तुती रोग, नाक, कान, घाटी र साधारण मेडिकल सम्बन्धी रोगहरुको बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको र औषधि बितरण गरिएकाे थियाे।यस स्वास्थ्य शिविरमा महिला-१८४ र पुरुष-६५ गरी जम्मा २४९ जनाले सेवा लिएका थिए।
सदरमुकाम तथा शहरी क्षेत्रबाट टाढा रहेको र सुबिधा सम्पन्न अस्पताल एवं स्वास्थ्य सेवाको अभाव रहेको उक्त गाउँका स्थानियहरुलाई विभिन्न रोगहरु सम्बन्धी निशुल्क सेवा तथा मनसुनजन्य रोग, हाईजिन एण्ड सेनिटाईजेसन, लगायत सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम गरिएको थियाे।आज भएकाे एक दिने शिविर लाभदायक र प्रभावकारी रहेको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले जानकारी दिनुभएको छ।