दुर्गा प्रसाईं लाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति,बिराेधमा भाेली झापा वन्दकाे घाेषणा

विद्युतीय अपराध कारोबार ऐन विपरितको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौंले आइतबारदेखि लागू हुने गरी तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।
भक्तपुरस्थित घरबाट पक्राउ परेका प्रसाईंलाई १० दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको थियो । तर, अदालतले तीन दिनलाई मात्र अनुमति दिएको हो ।
ब्यूरोमा गएर एक जना महिलाले आफ्नो चरित्र हत्या भएको भन्दै प्रसाईंविरुद्ध उजुरी दिएकी थिइन् । त्यसको आधारमा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई अदालतले गएको बुधबार अनुमति दिएको थियो ।
यता प्रसाईं लाई पक्राउ गरेकाे बिराेधमा भाेलि झापा वन्दकाे घाेषणा गरिएकाे छ भने देशै भरि बिराेधकाे कार्यक्रम काे घाेषणा गरिएकाे छ।
यो पनि पढनुहोस:
पेट्रोल पम्पमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै एमाले द्वाराआ...
पार्टी हित विपरित अभिब्यक्ति नदिन नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति थापाको निर्देशन
३ उप प्रधानमन्त्री मन्त्री सहित ८ सदस्यीय मन्त्री परिषद गठन
कांग्रेसद्धारा क्रियाशिल छानबिन सुरु, मापदण्ड यस्ता