नेकपा माओवादी केन्द्रले झापामा भदौ ३० गते बृहत प्रशिक्षण कार्यक्रमकाे आयोजना गर्दैछ । झापाकाे बिर्तामोडमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आज माओवादी केन्द्र झापाले बिर्तामोडमा पत्रकार भेट्घाट गरी प्रशिक्षणमा पार्टी अध्यक्ष आउन लागेको जानकारी दिएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज झलकसिंह दर्लामी (सन्देश)ले कार्यकर्तामा उत्साह भर्न, सहिद परिवारलाई सम्मान गर्न अध्यक्ष झापा आउन लाग्नु भएको बताउनु भयाे ।

अनारमनी गाविसका पूर्व उपाध्यक्ष कम्युनिस्ट पार्टीका पुराना नेता,नेकपा समाजवादीका पुर्व केन्द्रीय सदस्य लोकबन्धु कन्दङवाको ठुला संख्यामा विभिन्न पार्टि परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारि दिएकाे छ ।
सरकारमा रहेकाे लामो समय पछि प्रतिपक्षमा पुगेकाे माओवादीले २०८४ काे निर्वाचन लाई लक्षित गरी सङ्गठन विस्तारलाई तीव्रता दिएको छ।