भदौ १७ गते झापा

देवेन्द्र प्रसाईं –

राउण्ड टेबल नेपालको अध्यक्षमा प्रवेश अग्रवाल सर्वसम्मत चयन हुनु भएकाे छ।
मेचीनगर काे धुलाबारी स्थित होटल मेची क्राऊनमा गत शनीवार सम्पन्न २४ औं वर्षिक साधारण सभाबाट अग्रवाल अध्यक्षमा चयन भएका हुन् । त्यसैगरि टेबलको उपाध्यक्षमा सुमित मित्तल, सचिवमा मनिष लाठ, कोषाध्यक्षमा अंकित अग्रवाल र सम्पादकमा दिपेश खेतान चयन हुनु भएकाेछ । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसंगै लेखा परिक्षकको प्रतिवेदनसमेत पारित गरी नयाँ कार्य समिति चयन गरेको हो।

कार्यक्रम काे संयाेजन बिर्तामोड राउण्ड टेवल २७ ले गरेकाे थियाे।देशै भरिका ३१ वटै टेवलकाे उपस्थिति मा बृहत् कार्यक्रम काे आयाेजना गरिएकाे थियाे।छिमेकि देश भारत र श्रीलंका वाट समेत राउन्ड टेवलका प्रतिनिधि हरुकाे आतिथ्यता रहेकाे थियाे।

नया कार्यसमिति ले आउदाे २०२४/०२५ काे मुख्य प्राथमिकता मा शिक्षा र सामाजिक काम लाई जाेड दिएकाे छ।एक जना टेवल सदस्यले एक निम्न आर्थिक अवस्थाकाे जेहेन्दार बिधार्थिकाे वार्षिक शिक्षाकाे जिम्मेवार लिन समेत आग्रह गरेकाे छ।

राउण्ड टेबल नेपालमा १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था भएको बताउँदै अध्यक्ष अग्रवालले संस्थाको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ रहेको जानकारी दिनु भयाे । यस संस्थाले आफ्नो उदेश्य पुरा गर्नका लागि समाजका विभिन्न समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानीय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्ने प्रयास गर्दै आएको उहाले बताउनु भयाे ।
त्यसै गरि राउण्ड टेबल नेपाल विगत २४ वर्षदेखि मुलुकभर विभिन्न सामाजिक कार्यहरुमा संलग्न रहेको छ । विषेशगरी संस्थाले शैक्षिक क्षेत्र, स्वास्थ्य तथा पर्यावरणको क्षेत्रमा अग्रसर भई काम गर्दै आइरहेको निर्वतमान अध्यक्ष नितेशकुमार अग्रवाल ले वताउनु भयाे।
नयाँ कार्य समितिले राउण्ड टेबलले सुरु गरेका कार्यक्रमहरु अन्तर्गत विद्यालयको स्तरउन्नति, राउण्ड टेबल नेपाल मोडल स्कुल स्थापना, विपन्न वर्गका बालबालिकाहरुलाई प्रदान गर्दै आएको छात्रबृत्ति कार्यक्रम, तथा १ देश १ लाख विरुवाको नारालाई समेत निरन्तरता दिने जनाएको छ।
यसका साथै आफ्ना सदस्यका लागि विभिन्न तालिम तथा गोष्ठीको आयोजना गरी सदस्यहरुको सीप विकासका साथै सदस्यबीचको सम्बन्ध थप सुदृढ गर्ने योजना रहेको नव निर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिनु भयाे ।