नेकपा एमाले बिर्तामोड नगर कमिटीको अध्यक्षमा  पुनः सुवास भट्टराई  निर्वाचित हुनु भएकाे छ। नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट अध्यक्षका उम्मेदवार भट्टराई २६८ मत ल्याएर निर्वाचित हुनु भयाे ।

अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुवास भट्टराई र वर्तमान सचिव शेखर कँडेलबीच  प्रतिष्पर्धा भएकोमा भट्टराई २६८ मत ल्याएर निर्वाचित हुनु भयाे भने उहाका प्रतिष्पर्धी शेखर कँडेलले १९९ मत  प्राप्त गर्नु भयाे।

नेकपा एमाले बिर्तामोडको दोस्रो नगर अधिवेशनबाट सुवास भट्टराईको सिंगो प्यानलले नै बिजयी भयाे ।

बिर्तामोड नगर कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका मदन बुढाथोकीले ३२३ मत ल्याएर विजयी हुनु भयाे  भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलका राहुल शर्माले १३४ मत प्राप्त गर्नु भयाे । त्यस्तै खुल्ला सचिव पदमा भट्टराई प्यानलकै अम्बिका लिङ्देनले २३८ मत  मत ल्याएर विजयी हुनु भयाे भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलका लक्ष्मीप्रसाद बाँस्कोटाले २१० मत प्राप्त गर्नु भयाे । त्यस्तै खुल्ला उपसचिव पदमा भट्टराई प्यानलका गंगालाल राजवंशीले २२२ मत ल्याएर विजयी हुनु भयाे भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलका  हिमाल कन्दङ्वाले २२० मत प्राप्त गर्नु भयाे। त्यस्तै महिला उपसचिवमा  भट्टराई प्यानलकै डिल्लीमाया आचार्यले २५४ मत मत ल्याएर विजयी हुनु भयाे भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलकी चन्द्रकला संग्रौला पकुवालले १७६ मत प्राप्त गर्नु भयाे  । त्यस्तै लेखा कमिटीको उपाध्यक्षमा भट्टराई प्यानलका दिनेश अधिकारी २११ मत ल्याएर विजयी हुनु भयाे भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलका किशोरकुमार पौडेलले १८८ मत प्राप्त गर्नु भयाे  ।  त्यस्तै लेखा कमिटीको सचिवमा भट्टराई प्यानलकै हिमाल मैनाली २२२ मत मत ल्याएर विजयी हुनु भयाे भने  उहाका प्रतिष्पर्धी कँडेल प्यानलका ढाँचाराज कडरियाले १९९ मत प्राप्त गर्नु भयाे । त्यस्तै लेखा कमिटी सदस्यहरुमा विष्णुप्रसाद आचार्य २८८ , लक्ष्मी रोका २७९ र सुजन दाहाल २६८ मतसहित निर्वाचित हुनु भयाे भने राजन घतानीले २०३ मत प्राप्त गरी पराजीत हुनु भयाे । कुल ५०४ मतदाता रहेको अधिवेशनमा ४८८ जनाले मतदान गरेका थिए ।