नेपाल राष्ट्रिय मारवाडी युवा संगठनकाे आयाेजना तथा नारायण सेवा संस्थान,उदयपुर भारतकाे प्राविधिक सहयाेगमा साेमवार बिर्तामोड काे अग्रसेन भवनमा “कृतिम हातखुट्टा “बितरण गरिएकाे छ।स्थानिय आयाेजक मारवाडि युवा मञ्च बिर्तामोड ले संयाेजन गरेकाे कार्य्रममा प्रदेश सांसद एकराज कार्किकाे प्रमुख आतिथ्यता रहेकाे थियाे।मारवाडी युवा मञ्च बिर्तामोड का अध्यक्ष टेकेन्द्र अग्रवालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष मनाेज अग्रवाल,नारायण सेवा संस्थान कृतिम अङ्ग बितरण कार्यक्रम का संयाेजक हरि प्रसाद लाेदा,मारवाडी युवा संगठनका महासचिव बिनित बेरिवाल,वरिस्ठ उपाध्यक्ष गाेपाल अग्रवाल, राष्ट्रिय संयाेजक यज्ञराज अग्रवाल,ऋषभ मित्तल,केन्द्रीय सदस्य हेमन्त सुराना,ललित अग्रवाल लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुकाे उपस्थित रहेका थिए।
मारवाडी सेवा समितीमा संस्थापक अध्यक्ष बेद प्रकाश अग्रवाल,नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय सचिव उमेश डालमिया,अग्रसेन भवनका अध्यक्ष शुरेस अग्रवाल भद्रपुरेले शुभकामना दिनु भएकाे थियाे।प्रमुख अतिथि कार्किले मानविय सेवामा कृयासिल मारवाडी युवा मञ्चकाे खुलेर प्रशंसा गर्नु भयाे।एउटा पृथक मानव सेवा गरेर उदाहरणीय काम गरेकाे मा संस्थालाई धन्यवाद दिनु भएकाे थियाे।
४५ जना लाई कृतिम खुट्टा अनि २० जना लाई कृतिम हात बितरण गरिएकाे थियाे।११ लाख रुपैया वरावरकाे अङ्ग बितरण गरिएकाे थियाे।कृतिम खुट्टा लाएर अत्यधिक खुशि देखिएका थिए।
कार्यक्रममा २०७९ मा एस इ इ मा उत्कृस्ट ९ जना मारवाडी बिध्यार्थि लाई सम्मान गरिएकाे थियाे।कार्यक्रम काे सञ्चालन नेपाल राष्ट्रिय मारवाडी  युवा संगठनका क्षेत्रिय सभापति दिपक मित्तलले गर्नु भएकाे थियाे।