विश्र्वयात्री अग्रवाल लाई मारवाडी युवा मञ्च बिर्तामोड ले सम्मान
विश्व यात्रा मा हिँडेका भारत, महाराष्ट्र, नागपुरका २१ वर्षीय श्री रोहन अग्रवाल नेपालकाे पुर्वि जिल्ला ताप्लेजुङ ,पाचथर र ईलामकाे भ्रमण पछि झापा आइपुग्नु भएकाे छ।विश्र्व यात्रीअग्रवाल लाई मारवाडी युवा मञ्च ले बिर्तामोड मा स्वागत तथा सम्मान गरेकाे छ।मारवाडी युवा मञ्च बिर्तामोड का अध्यक्ष टेकेन्द्र अग्रवाल टाेनि पुर्व अध्यक्ष हरु सुमित साहेवाला,दिपक मित्तल,त्यस्तै क्षेत्रिय अध्यक्ष यज्ञराज अग्रवाल,बिर्तामोड वार्ड न: ४ का वार्ड अध्यक्ष राहुल शर्मा लगायत ले भ्रमणकाे शुभकामना दिनु भएकाे थियाे। अग्रवालले ले १५ हजार किलोमिटर हिँड्नुभएको छ र कहिलेकाहीँ हिचहाइक पनि गर्नु भएको छ वहा ले भारतका २७ राज्य र बंगलादेशका ३५ जिल्ला गरेर ८८० दिनको यात्रा गरी सक्नुभएको छ । विश्रव यात्री अग्वालकाे मुख्य उद्देश्य प्लाष्टिक र यसका हानिकारक असरहरु बारे चेतना जगाउनु र विविधतामा एकताको सन्देश फैलाउनु हो । उहाँले धेरै विद्यालय र संघसंस्थाहरुमा आफ्नो उदेश्य का वारेमा धारणा राख्दै जनजेतना जगाउने प्रयास गर्दै आउनु भएकाे छ।