झापा ,११ कार्तिक
लक्ष्मी पुजा को भोलि पल्ट गोबद्र्धन पुजाका दिन राजबंशी जातिले चोर काली पुजा गर्ने
परम्परा रहेको छ । आफ्नो पहिलो सन्तान छोरो होस् भनि भाकल गरि सो भाकल पुरा
भएसि यो पुजा गर्ने चलन केहि राजवंशी समुदायमा रहेकोछ सानो बालकले कालीको
मुकुन्डो लगाएर गाउँघर डुल्ने र पाएको दक्षिणा ले चोरकाली देवता को पुजा गर्ने परम्परा
रहेको प्राज्ञ पवन राजवंशी ले बताउनु भयो ।आफ्नो छोरोको उन्नति प्रगति होस् र बुढेसकाल
मा आफ्नो सहारा बनोस भनेर यो पुजा गर्ने प्रचलन रहेको छ उहाले काली देवताको पुजा
गर्ने राजवंशी हरुले चोरकाली देवता पुजा गर्ने गरेको जानकारी दिनु भयो ।घरमा
घिरौलाको काली लाई बलि दिने परम्परा रहेको छ । उहाका अनुसार सबैको घरमा
चोरकाली देवता हुँदैन । कतिपयले भाकलको रुपमा चोर पुजा गर्ने गरेका छन् । चोर बनेर
गाउँघर डुल्दा दक्षिणा नदिए चोरले घर भत्काइ दिने परम्परा रहेको बुढापाका हरु बताउँछन्

हरितालिका तीज पछि गणेश चतुर्थी को राति चोर बनेर फलफूल चोर्ने र क्षति गर्ने परम्परा
रहेको मा त्यसलाई कानूनले वर्जित गरेपछि घट्दै गएको छ ।यी परम्परा हरु हाम्रा मौलिक
सस्कृति भएको हुदा त्यसलाइ जगेर्ना गर्नु पर्ने राजवंशी समाज का केन्द्रीय अध्यक्ष अभय
राजवंशी बताउनु हुन्छ ।
––––––––