भाद्र ६ रासस झापा देवेन्द्र प्रसाई

प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहे पनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पु¥याउने नेपाल अलैँची व्यवसायी महासङ्घले आज बिर्तामोड मा आयाेजित स्वाद अलैंची काे मिठास नेपालकाे वाह अलैंची परिचय तथा छलफल कार्यक्रम मा वताउनु भयाे।

 नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ । अलैँचीको प्रवद्र्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो ।
स्वीस कार्यक्रम मार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बास्डर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो ।
नेपालमा वार्षिक रु सात अर्बको अलैँची उत्पादन हुँदै आएको छ । नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको छ।कुल उत्पादन काे ४% मात्र नेपालमा खपत हुने बाकि अलैंची भारत लगायत देश हरुमा निर्यात हुने गर्दछ।अलैंची खेतिमा १ लाख परिवार हरु संलग्न रहेका छन।सजिलै वजार प्राप्त हुने,कुनै आम्दानि नभइ खेर गएकाे जमिन बाट राम्राे आम्दानि हुने भएकाे कारण यश वाली प्रति कृषक हरुकाे आकर्षण रहकाे नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो।
“वाह अलैंची “अलैंची प्रबद्दन गर्ने एउटा कार्यक्रम हाे।जस अन्तर्गत पहिलाे चरणमा क्याम्पस स्तरिय फुड फेस्टिवल,दाेश्राे चरणमा कृषक हरु सगकाे अन्तरकृया कार्यक्रम गर्ने अलैंची टिप्ने ,छाेडाउने,भट्टि लगाउने र विभिन्न बजा, हाेटल आदिहरुमा अलैंची काे प्रयाेग सम्बन्धि स्थलगत अध्यन गरिने सेफ सन्ताेष शाहले जानकारि दिनु भयाे।

कार्यक्रम काे सञ्चालन नारायण चिमरियाले गर्नु भएकाे थियाे।