उधमशील महिला संघको तीज मिलन कार्यक्रम
भाद्र ६ बिर्तामोड ज्याेस्ना श्रेष्ठ ,
हिन्दु नेपाली महिलाहरुको महान् पर्व तीज नजिकिएको छ ।
तीज पर्व नजिकिए सगै महिलाहरु उल्लासका साथ सामुहिक रुपमा तीज मनाउन थालेका छन् ।
नेपाल उधमशील महिला संघ झापाले बिर्तामोडमा तीज मिलन कार्यक्रम गरेको छ ।
उधमीशील महिलाहरूले बिर्तामोड वडा नं ४ मा अवस्थित परोपकार सेवा केन्द्रमा रहेका बृद्ध बृद्धा आमा बुबा संग सामुहिक रुपमा दर खाएर तीज मनाएका छन् ।
उधशील महिलाहरुले आश्रममा रहेका बुबा आमा संग खुशी साटासाट तथा एक आपसमा शुभकामना आदान प्रदान गर्दै तीजका गीतमा छमछमी नाचेर तीज मनाएका छन् ।
कार्यक्रममा उपस्थितअतिथिहरुलाई उधमी महिलाहरुले आफुले उत्पादन गरेका माला तथा झोलाहरु मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।
संस्थाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता ,कनकाई कलेजका संस्थापक अन्जना ढुंगानाको प्रमुख आतिथ्यता,चेम्बर अफ कमर्श झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य ओम कृष्ण विमलीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढुंगाना, बिशिष्ट अतिथि बिमली , महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बा ,नारी संचार गृह झापाकी अध्यक्ष तथा उधमशील महिला संघकी सल्लाहकार भिमा शिवाकोटी , खेलकुद जिल्ला अध्यक्ष प्रशान्त भण्डारी ,एबिसी नेपाल झापाकी अध्यक्ष कंचना ढकाल सिटौला, विरता लेडी जेसीजका अध्यक्ष संगीता चिमोरिया लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
स्वागत संस्थाकी उपाध्यक्ष निरमाया पुलामीले गर्नु भएको थियो भने संचालन सचिव यशोदा प्रसाईले गर्नु भएको थियो ।