फूल सोचेथेँ आँखामा कसिङ्गर भई परेको छ
मखमलले नै आज , बिझाउने काम गरेको छ

न त टिप्न सक्छु म ,न त जानै सक्छु छोडी
आफ्नै आँखा सामु मोती फोहोरमा झरेको छ

दुख्यो मन चैँ नराम्ररी ,तर सम्हालेँ आफूलाई
एउटा ठूलै दूर्घटना हुन्थ्यो यत्तिकैमा टरेको छ

मन फेर्यो , घर फेर्यो , शहरै फेर्यो अब उसले
मेरै छिमेकी थियो ऊ,आज बसाइँ सरेको छ

भमराको बदमासी हो या,लापरबाही मालीको
एउटा फूल फुल्न नपाई कोपिलामै मरेको छ

— ` ` निर्झरी ´ ´ इलाम