हल्दिवारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ४६ करोड ४३ लाख अनुमानित बजेट प्रस्तुत
झापाको हल्दिवारी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ४६ करोड ४३ लाख ४४ हजार ६७० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

असार १० गते आयोजित बार्हौ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले अख्तियारी दिएपछि गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले उक्त आकारको बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु खर्च तर्फ ७१४५०००० ,
गाउँपालिका पुँजीगत खर्च २००००००,
शशर्त अनुदान संघिय सरकार १७५३०००००,
शशर्त अनुदान प्रदेश सरकार १२३०००,
समपुरक अनुदान, संघिय सरकार १०००००००,
समपुरक अनुदान, प्रदेश सरकार १०००००००
र वडास्तरीय कार्यक्रम मार्फत १९५००००० बजेट रहेको छ भने अन्य विषयगत क्षेत्र अन्तर्ग
आर्थिक विकास १०२००००० ,सामाजिक विकास ४९२८१६७० ,पूर्वाधार विकास १०२३५०००० ,वन वातावरण तथा विपत व्यवस्थापन १५००००० ,सुशासन तथा संस्थागत विकास ३१४००००,विविध कोषहरू ९५०००००, समपुरक कोष ३००००००,मर्मत कोष ४००००००,साक्षेदारी कोष १०००००० र जनता उपचार कोष १५००००० बजेट विनियोजन गरेको छ ।

हल्दिवारी बिकास लाई प्राथमिकताका लागि विभिन्न स्लाेगन समेत राखिएकाे छ।
“हल्दिवारीको वाचा , झापाभरी माछा”
“किसानको खुसी, पशुपालन र कृषि,”
“फेरि पनि घुम्न जाँउ, हल्दिवारी गाउँ,”
“एक सहकारी, एक उत्पादन,”
“हाम्रो लगानी, घरघरमा स्वच्छ खानेपानी,”
“एक घर, एक माहुरीको घार”
“सबैलाई सीप, सबैलाई रोजगार”
“हल्दिवारीका महिला, विकासमा पहिला”
“समृद्धिका पालक, हल्दिवारीका बालक”
“हामी सबैको इच्छा, अनिवार्य निशुल्क शिक्षा”
“दिगो विकासको आधार, व्यवस्थित र जनमैत्री पूर्वाधार”
“बेसाहाराको साहारा, हल्दिवारी गाउँपालिका”
भन्ने १२ वटा नाराका साथ गाउँपालिकाले प्राथमिकता क्षेत्रमा बजेट विनियोजन गरेको छ ।
कृषि तथा पशुपालन तर्फ मुख्य रूपमा
कृषकहरुलाई मल बिउ समयमै सहुलियतमा उपलब्ध गराउन सहकारीहरु संग प्रवन्ध मिलाउने, सुत्केरी गाईभैंसीलाई प्रोत्साहन स्वरुप रू १ हजार उपलब्ध गराउने, अर्गानिक खेती प्रवद्धनका लागि IPM तालिमको व्यवस्था गर्ने, एक वडा, एक पकेट कार्यक्रम संचालनमा ल्याउने, कृषीमा यान्त्रिकरणका लागि अनुदान उपलब्ध गराउने,५० प्रतिशत साझेदारीमा सिंचाई मोटर वितरण कार्यलाई निरन्तरता दिने , सहकारी संस्थाहरू संग सहकार्य गरि मध्यम स्तरको कोल्डस्टोर संचालन गर्ने, चिया किसानहरूले उत्पादन गरेको चियापत्तीको मूल्य सामयिक बनाउन सरोकारवा निकायहरूसँग सहकार्य र समन्वय गर्ने
यस्तै शिक्षा स्वास्थ्य तथा खेलकुद तर्फ-
कक्षा १२ सम्म निशुल्क शिक्षालाई अघि निरन्तरता दिने,निम्न आय भएका जेहेन्दार विद्यार्थी मध्ये वार्षिक रूपमा एक जना लाई डाक्टर र एक जनालाई सिभिल इन्जिनियर गरी दुई जनालाई कार्यविधि अनुसार छात्रवृत्ति प्रदान गर्ने, हल्दिवारी, जनजागृति र लक्ष्मी मा.वि लाई शैक्षिक गतिबिधिहरु गर्न अनुदान उपलब्ध गराउने, दुई वटा शिवालयहरु छनौट गरि डिजिटल माध्यमबाट पठनपाठन सुरु गर्ने,
गाउँपालिका मातहतमा रहेका स्वास्थ्य संस्था बाट सेवा लिइरहेका सुत्केरी हरूलाई पोषण भत्ता उपलब्ध गराउने, सवै वडाहरूमा रहेका ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी,फरक क्षमता भएका नागरिकहरुलाई महिनाको एकपटक घरभेटी मार्फत स्वास्थ्य सेवा प्रदान गर्ने, गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारको पहिचान गरि निशुल्क स्वास्थ्य बिमा गरिदिने, वडास्तरीय फुटबल/ भलिवल तथा अन्य खेलका टिमहरू तयार गर्ने, खुल्ला व्यामशालाहरू स्थापना गर्ने,
रोजगार तर्फ-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संगै “सबैलाई सीप, सबैलाई रोजगार” कार्यक्रमको सुरूवात,उधमशीलता एवं आय वृद्धि मार्फत गरिबी न्यूनीकरणको नीति अबलम्बन गर्ने, गाउँपालिका भित्र एक तालिम केन्द्रको व्यवस्थापन गर्दै स्वरोजगार केन्द्र स्थापना गर्ने
पूर्वाधार तर्फ-
जलथल जंगल र आवादी बिचमा रहेको पर्यटकीय मार्गलाई पूर्णता दिदै गार्भेल गर्ने र निकट भविष्यमा कालोपत्रे गरी पर्यटकीय मार्गको रूपमा विकास गर्ने लगायतका विभिन्न कार्यक्रम प्रस्तुत गरिएको थियो।
झापा क्षेत्र नं ३ ख का प्रदेश सभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँसभा आगामी १७ गते निति तथा कार्यक्रम माथि छलफल गरेर पूर्ण बजेट पारित गर्ने अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताउनु भयाे।
