झापाकाे मेचिनगर १० मा रहेकाे धुलावारी क्याम्पस ले ब्याचलर अफ सिभिल इन्जिनियरिङ (BE civil) बिषय समवन्धन नै नलिकन धमाधम अध्ययन गराउन शुरु गरेकाे छ।हाल १९ जना बिधार्थि लाई पुर्वाञ्चल विश्वबिधालय बाट सम्वन्धनप्रप्त गरेकाे भनी बिधार्थि झुक्याएर बिधार्थि लाई प्रवेश परीक्षा बिराटनगर काे विभिन्न कलेज मा लगेर दिन लाएकाे खुल्न आएकाे छ।

सम्वन्धनकाे वारेमा पुर्वाञ्चल विश्वबिधालयका  भिसि यादव प्रसाद काेईराला सग बुझ्दा उहाले सम्वन्धन काे वारेमा निर्णयचै कार्यकारिणी बैठक वाट भइसकेकाे तर सम्वन्धन भने केन्द्रिय कार्यलयमा आन्दाेलन ताला बन्धि भएकाे कारण राेकिएकाे जवाफ दिनु भयाे।
आषय पत्र पनि नलिएकाे र काउन्सिल बाट समेत प्रमाण पत्र नलिएकाे बुझिएकाे छ।आषय पत्र समेत नलिकन बिधार्थि पढाएर भाेलि बिधार्थि काे भविश्य अन्धकार हुने त हाेइन??

सम्बन्धन नलिकन अध्ययन गर्नै नपाउने इन्जिनियरिङ काउन्सिल का प्रमुखले वताउनु भयाे। काउन्सिल मा वुझ्दा काउन्सिल काे प्रमाण पत्र पनि नलिकन पढाउन नपाउने जानकारि दिएकाे छ।

शिक्षा मन्त्रालय बाट पनि आषय पत्र  लिएकाे छैन।  क्याम्पस प्रमुख पुष्प राज पौडेल सग  सम्वन्धन नै नपाइ किन बिधार्थि पढाउन शुरु गर्नु भयाे  भन्दा भिसि काेइराला कै सल्लाह बमाेजिम भर्ना लिएकाे जवाफ दिनु भयाे।

यसरी धुलाबारी क्याम्पस ले बिधार्थि हरुलाइ पुर्वाञ्चल विश्व बिधालयकाे फर्म क्याम्समा भर्न लगाइ प्रबेश परीक्षा समेत अन्यत्र कलेजमा लगेर दिन लाएकाे पाइएकाे छ।यसरी सम्बन्धन नै नलिकन  बिधार्थि हरुलाई पढाउन शुरु गर्दा भाेलिकाे दिन मा सम्बन्धन आएन भने ती बिधार्थिकाे भबिश्यकाे जिम्मेवारी काे हुने??? धुलाबारी क्याम्पस ले बिधार्थिकाे भविश्य माथि खेलवाड गरि गैरकानुनि काम भएकाे छ।
यस बिषयमा सम्वन्धित सबैकाे ध्यानाकर्षण गर्न चाहन्छौ ।