शिवसताक्षीमा एक महिला मृत फेला
झापाको शिवसताक्षी नगरपालिकामा मंगलबार राति एक महिला मृत अवस्थामा फेलाका छन् । मंगलबार राति ७ः४० बजे शिवसताक्षी नगरपालिका–११ का धर्मराज सेनेहाङ्ग लिम्बूको श्रीमती ५८ वर्षीया गंगामाया लिम्बू घरमा एक्लै बस्दै आएकोमा श्रीमान सिक्किममा रहेको भन्ने बुझिएको छ। आफ्नै पक्की घरको भान्सा कोठामा भित्रबाट चुक्कुल लगाई मृत अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय झिलझिलेमा जानकारी प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकाे छ। घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएकाे छ ।
