राप्रपा अध्यक्ष लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट आज राजीनामा दिने

झापा,१९ भाद्र
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने जानकारि दिनु भयाे।
चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उहाले राजीनामा दिन लागेकाे बताउनु भयाे।
अध्यक्ष लिङ्देनले आज सदनमा बोलेर राजीनामा दिने र अबदेखिका बैठकमा सहभागी नहुने बताउनु भयाे।
सरकारले संसदको म्याद फागुनसम्म रहनेगरी कानून संशोधन गर्न विधेयक पेस गरेको छ ।
