राउण्ड टेवल अन्तर्राष्ट्रिय दिवश आज नेपाल भरिका शाखा बाट रक्तदान कार्यक्रम गरि मनाएकाे छ।त्यहि शिलशिलामा बिर्तामोड राउण्ड टेवल २७ ले बिर्तामोड काे दुर्गा मन्दिर परिसरमा रक्तदान कार्यक्रम गरेकाे छ।राउण्ड टेवल सप्ताह अन्तर्गत आज वाट एक हप्ता सम्म विभिन्न सामाजिक काम गर्ने बिर्तामोड का अध्यक्ष अमित अग्रवालले जानकारी दिनु भयाे।

आउदाे शुक्रबार बिर्तामोड १० मा रहेका चमरधाप आधारभुत प्राथमिक बिधालयमा ब्याग,पेन्सिल र कपि बितरण गर्ने अग्रवालले जानकारी दिनु भयाे।केही समय अगाडि  पच्चीस लाखकाे लागतमा राउण्ड टेवल ले नै साेहि स्कुलकाे २ वटा काेठा, खानेपानी, शौचालय निर्माण गरेकाे संस्था का सदस्य दिपक मित्तल ले जानकारी दिनु भयाे।