सामाजिक कार्यमा निरन्तर सक्रिय सस्था बिर्तामोड राउण्ड टेबल २७ ले पाँचौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।भारतकाे दार्जिलिङ पुगेर १ अगष्ट २०२२ सोमबार का दिन आफ्नाे साधारण सभा गरेको छ ।सधै केही न केही पृथक काम गर्दै आएकाे सस्था ले साधारण सभा भारतमा गरेकाे हाे।भारतमा समेत सस्थाकाे वारेमा जानकारि हाेस भन्ने उदेश्यले हामिले साधारण सभा दार्जिलिङ मा गरेकाे निवर्तमान अध्यक्ष सुमित साहेवाला ले बताउनु भयाे।निवर्तमान अध्यक्ष साहेवालाको सभापतित्वमा भएकाे कार्यक्रम बाट नया कार्यसमिति चयन गरेकाे छ।
अध्यक्ष -अमित बंसल,उपाध्यक्ष-निरज चौधरी,सचिव : मनोज गोयल,कोषाध्यक्ष: विकास अग्रवाल रहनुु भएकाे छ।
यस समिति काे कार्यकाल १ बर्षकाे रहनेछ।


कार्यक्रम मा बिराटनगर राउण्ड टेबल १५ का पुर्व अध्यक्ष तथा राउण्ड टेबल नेपाल का राष्ट्रिय प्रोजेक्ट कन्वेनर रविश साहेवाला , पुर्व अध्यक्ष जितेश शर्मा , उद्योग बाणिज्य संघ बिर्तामोड का कार्यसमिति सदस्य दीपक मित्तल , ब्यावसायि रितेश मंगल , रिसब मित्तल , प्रकाश चौधरी , रोशन प्रसाई लगायतकाे उपस्थिति रहेकाे थियाे।राउन्ड टेवलका पुर्व अध्यक्ष मनिष साहेवाला ले कार्यक्रम संचालन गर्नु भएकाे थियाे।कार्यक्रम काे संयाेजन रमण गाेयल र अमित बंशल ले गर्नु भएकाे थियाे।