बिर्तामोड -६ बुट्टावारी जलकन्या मन्दिरमा भाेली बाट दैनिक याेगा कार्यक्रम शुरु

बिर्तामोड -६ बुट्टावारी जलकन्या टाेल मा दुर्गा पञ्चायन कृतन मण्डलीकाे आयाेजनामा दैनिक याेगा कार्यक्रम आज उद्घाटन गरिएकाे छ।भाेली देखि दैनिक बिहान ५ बजे देखि ६ बजे सम्म सञ्चालन हुने याेग प्रशिक्षक हरि प्रसाद दाहालले जानकारि दिनु भयाे।उक्त कार्यक्रमकाे अध्यक्षता दुर्गा पञ्चायन कृतन मण्डलीकि उपाध्यक्ष लक्ष्मि देवी भट्टराईले गर्नु भएकाे थियाे भने कार्यक्रम काे बारेमा संस्था का सचिव मातृका अधिकारी ले जानकारी दिनु भएकाे थियाे।सानि वालिका यश संस्थाकि सदस्य मनिता दाहालले स्वागत गरेकाे कार्यक्रममा बिर्तामोड नगरपालिका वार्ड नः ६ का वडाध्यक्ष सुर्य प्रसाद कन्दङ्वाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे।त्यसै गरि वार्ड सदस्य हरु जीवन बास्काेटा,खेमनाथ अधिकारी ,गीता रेग्मी ,समाजसेवी लाेकेन्द्र कनदङ्वा,वासु वराल,सुनसरी वराहक्षेत्रका याेगा संयोजक टि.पि वराल,रेडियो बिराटकि प्रबन्ध निर्देशक लीला अनमाेल,राष्टिय समाचार समिति झापाका प्रमुख देबेन्द्र प्रसाईं सगायतकाे उपस्थित रहेकाे थियाे।

कार्यक्रममा शुभकामना मन्तब्यकाे क्रममा याेग साधनाकाे व र जीवन बिज्ञान का वारेमा धारणा राख्नु भएकाे थियाे ।प्रमुख अतिथि कन्दङ्वाले याेगले सकारात्मक साेच तिर हाम्रो मन जाने हुदा सबैले याेगमा सहभागी हुन अनुराेध गर्नु भयाे।
यस दुर्गा पञ्चायन कृतन मण्डलीमा युवा हरु कृयषिल रुपमा लागि परेर विभिन्न सामाजिक कार्य गर्दै आएकाे छ।यसकाे अध्यक्ष मा बम वहादुर पौडेल,सचिवमा मातृका अधिकारी ,सहसचिव यदुनाथ बास्काेटा,काेषाध्यक्ष रुकमिणा तिम्सिना लगायतकाे सदस्य हरु रहेका छन।
त्यसै गरि साेहि स्थानमा आज नै लैङ्गगिक बिभेदमा आधारित हिंसा न्युनिकरण बिषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन भएकाे छ।बुट्टबारी आमा वचत तथा ऋण समुहकाे आयाेजनामा उक्त कार्यक्रम गरिएकाे कार्यक्रम संयाेजक पवित्रा ढुङ्गाना काेईरालाले जानकारी दिन भयाे ।कार्यक्रम काे सहजिकरण अधिवक्ता काेपिला वस्नेतले गर्नु भएकाे थियाे।
