बिर्तामोड राउण्ड टेवल २७ को पहलमा एनएमबी वैंकद्वारा चमरधाप प्राविलाई आर्थिक सहयोग प्रदान

बिर्तामोड राउण्ड टेवल २७ को पहलमा एनएमबी वैंकले बिर्तामोड–१० मा रहेको चमरधाप प्राविलाई आर्थिक सहयोग गरेको छ । एनएमबी वैंक एरीया –३ का प्रमुख नरेन्द्रप्रसाद सुवेदीले चमरधाप प्राविका प्रधानाध्यापक नरेन्द्र गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।फ्रिडम टुथ एजुकेशन कार्यक्रमका लागि बिर्तामोड राउण्ड टेवल २७ को पहलमा एनएमबी वैंकले बिर्तामोड–१० मा रहेको चमरधाप प्राविलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।कार्यक्रममा एनएमबी वैंककी रञ्जु निरौला, बिर्तामोड राउण्ड टेवल २७ का अध्यक्ष अमित अग्रवाल, उपाध्यक्ष निरज चौधरी , कोषाध्यक्ष बिकाश अग्रवाल , दिपक मित्तल,सिएसआर कोअर्डिनेटर प्रकाश चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा चमरधाप प्राविका प्रधानाध्यापक नरेन्द्र गुरुङले बिर्तामोड राउण्ड टेवल २७ को पहलमा एनएमबी वैंकले आर्थिक सहयोग गरेर उपयुक्त सेवा सुबिधाबाट बन्चित रहेको सरकारी बिद्यालय लाई यसरी आर्थिक सहयोग गरेर शिक्षा क्षेत्रमा टेवा पुर्याएको बताएका छन।
बिर्तामोड राउन्ड टेबल ले बिगतका दिनमा पनि झापामा विभिन्न समाजिक गतिविधिहरु गर्दै आएरहेको छ। बिर्तामोड राउन्ड टेबल २७”युवा ब्यवासायिहरुको सकृयतामा स्थापित हरेक सामाजिक सेवामा सकृय छ।”
