सभामुख देवराज घिमिरेले झापाको बिर्तामोडमा नगर अस्पताल उद्घाटन गर्नु भएकाे छ।बिर्तामोड नगर अस्पतालको औपचारिक शुभारम्भ गरिएको छ ।अस्पताल उद्घाटन समारोहका प्रमुख अतिथि घिमिरेले अस्पतलाको उद्घाटन गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयाे। उहाले स्वास्थ्य सेवा प्रदान गर्न कुनै कसर बाँकी नराख्न आग्रह गर्नु भयाे । सभामुख घिमिरेले सरकारी अस्पतालहरुलाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन नआएको भन्दै काम गरेर देखाउनुपर्ने बताउनुभयाे । उहाले नगर अस्पतालको सञ्चालनमा अझै बजेट र कर्मचारी व्यवस्थापनमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयाे ।

प्रमुख अतिथि सभामुख घिमिरेले नगर अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न यहाँका नागरिक, राजनीतिक दल, सामाजिक संघ संस्थाहरु, जनप्रतिनिधि सबैको भूमिका महत्वपूर्ण हुने बताउनु भयाे ।

नगर अस्पतालबाट अत्यावश्यक सेवा लिन जनताको तहबाट पनि खवरदारी जरुरी रहेको उहाको भनाई थियो । सभामुख घिमिरेले भन्नु भयाे बिर्तामोड स्वास्थ्य र शिक्षामा विकसित भइरहेको छ । यो अस्पताललाई थप व्यवस्थित बनाउन सबै जागरुप हुनुपर्छ ।

नगर प्रमुख पबित्रा महतारा प्रसाइले बिर्तामोड वासिले सरकारि अस्पतालकाे सेवा लिन पाएका थिएनन सबै नागरिक ले आधारभुत स्वास्थ्य सेवा दिने उदेश्य  लाई मध्यनजर गर्दै १५ शैयाकाे अस्पताल आज उद्घाटन गरिएकाे छ।
सरकारी अस्पताल भने पछि मानिसले हेर्ने दृस्ठिकोण फितलाे सेवाकाे रुपमा रहेकाे मा अब यस नगर अस्पताल ले उदारणिय सेवा दिने नगरप्रमुख पवित्रा महतारा प्रसाईं ले वताउनु भयाे।सरकारी स्वास्थ्य बिमा काे सम्पुर्ण सेवा यहि अस्पताल ले दिने।जिल्लाकै १ न: अस्पताल वनाउने बचनवद्दता जनाउनु भयाे।

उक्त कार्यक्रममा १५ जना सहयाेगि दाता लाई सम्मान गरिएकाे थियाे।दाता हरु लाई सम्मान ६ वटा डायलिसस मेसिन राेटरि क्लव बिर्तामोड का अध्यक्ष ओमकृ्ण्ण बिमली,ब्लिङ्कन परिवार नबिन गट्टानि ले १० वटा वेड,खगेन्द्र कास्ठ फर्िचर ११ वटा सिटर,समाजसेवी जयनारायण ढुङ्गाना ले ३ लाखवरावर काे सामाग्रि,केदार गिरी ,कुमार गिरी,,राजकुमार पाेख्रेल,राेनक बंशल,लक्ष्मि फर्निचर ,बिराट सहकारी,सिम्रिक सहकारी,कर्णाली सहकारी ,सिखर सहकारी ,कुल प्रसाद खरेल,सुनकाेशि सहकारी ,चिल्ड्रेन अस्पताल लिला मैनाली,निरज ओली,मनमाेहन अस्पताल ,साहारा नेपाल लगायत लाई सम्मान गरिएकाे छ।
शुभकामना नेकपा एमाले नगर अध्यक्ष शुभास भट्टराई ,नेपाली काङ्ग्रेस नगर सभापति भाेजराज सिटौला ले जनताकाे राम्राे काम गर्दा कुनै पार्टी गत नभइ काम गर्ने प्रतिबद्दता जनाउनु भयाे।

धुलिखेल निर्माण सेवा प्रालिले पाँच करोड ५० लाख ७ हजार ७६० रुपैयाँको लागतमा अस्पताल भवनको निर्माण कार्य पूरा गरेको हो ।
बिर्तामोड नगर अस्पताल सञ्चालक सदस्य  लक्ष्मी आचार्यले स्वागत गरेकाे कार्यक्रम काे सञ्चालन जय तिम्सिनले गर्नु भएकाे थियाे।