बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष मा मैनाली काे उमेद्वारि घाेषणा

बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि अध्यक्षमा अर्जुन कुमार मैनालीलाई उम्मेदवारको रुपमा घोषणा गरिएको छ । मैनाली हाल बिर्तामोड वाणिज्य संघका महासचिव हुनुहुन्छ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीले आज बृहत बिस्तारित भेलाको आयोजना गरेर अध्यक्षको उम्मेदवार घोषणा गरेको छ ।उक्त कार्यक्रममा नेपाल उधाेग तथा ब्यावसायि संघका अध्यक्ष युवराज निरौलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स्वागत संस्था काे उपाध्यक्ष उपेन्द्र वानियाले गर्नु भएकाे थियाे। मैनालीलाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले उम्मेदवार घोषणा गर्नु भयो ।पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको हो। अध्यक्षका उम्मेदवार मैनालीले ब्यवसायीको हितमा काम गरेर वाणिज्य संघ प्रति बिश्वासको वातावरण बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
संघको निर्वाचन यहि फागुन १४ गते हुने भएको छ ।

