महिला उधमीकाे तिज कार्यक्रममा २ महिला लाई सम्मान
बिर्तामोड उधाेग वाणिज्य संघ अन्तर्गत महिला उधमि समुहकाे तिज बिषेस कार्यक्रम आज सम्पन्न भएकाे छ।
राधिका चुडाल हुमागाईका अध्यक्षता मा भएकाे कार्यक्रम काे
प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्ताेला रहनु भएकाे थियाे।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी, उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष निर्मल भट्टराई, एबीसी नेपाल झापाकी अध्यक्ष कन्चना ढकाल सिटौला,सामाजिक ब्यक्तित्व पार्वता गिरी, लीला मैनाली लगायतकाे आतिथ्यता रहेको थियो ।
महिला उधमी समुहले हरितालिका तीजको अवसरमा तीज बिशेष कार्यक्रमको आयोजना गरी महिला दिदिबहिनी हरुलाई दर खुवाएर नाचगान गर्दै रमाइलो गरेका थिए। तीज बिशेष कार्यक्रममा बिर्तामोडका बिभिन्न महिलाहरुका संघ संस्था का प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रमका दुई जना महिला लाई सम्मान गरिएको थियो । कार्यक्रममा महिलाका हकअधिकारका क्षेत्रमा काम गर्दै आएकी अधिवत्ता लक्ष्मी खनाल कोइराला लाई नारी सम्मान र उधमी शर्मिला अधिकारीलाई युवा महिला प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रम मा स्वागत समुहकी पूर्व अध्यक्ष नैनाकला भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासचिव लीला अनमोलले गर्नु भएकाे थियाे ।

