नेपाल राष्ट्रिय मारवाडी युवा संगठनअन्तर्गत क्षेत्र ‘क’ को दोस्रो क्षेत्रीय भेला सम्पन्न
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनअन्तर्गत क्षेत्र ‘क’ को दोस्रो क्षेत्रीय भेला भव्य रूपमा सम्पन्न भएको छ। क्षेत्र ‘क’ का अध्यक्ष दिपक मित्तल को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल रहनुभएको थियो।
भेलामा केन्द्रीय सदस्यहरू हेमन्त सुराना, विकास अग्रवाल, ललित अग्रवालसाथै, क्षेत्र ‘क’ अन्तर्गत रहेका पाँचवटा मञ्चका अध्यक्षहरू तथा पदाधिकारीहरू समेत को आतिथ्यता रहेको थियो।
केन्द्रीय कोषाध्यक्ष यज्ञराज अग्रवाल ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। 
कार्यक्रममा क्षेत्र ‘क’ अन्तर्गत रहेका सम्पूर्ण मञ्चहरूबाट ४५ जना युवाहरूको उपस्थिति रहेको थियो। भेलाले संगठनलाई अझ मजबुत बनाउने उद्देश्य राख्दै आगामी दिनहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छन।
कार्यक्रमको सञ्चालन मारवाडी युवा मञ्च, धुलाबारी का उपाध्यक्ष प्रकाश जैन ले गर्नुभएको थियो।
