झापा ,२ कार्तिक
नेकपा एमाले का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्वाचन सामान्य निर्वाचन मात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनु भएको छ।
गठबन्धनका नेता तथा उम्मेद्वारले आचारसंहिता उलङ्घन गरिरहेको भन्दै निर्वाचन आयोगको यसमा ध्यान दिनु पर्ने बताउनुभएको छ। निर्बाचन आयोग ले निस्पक्ष् ढंग ले चुनाब गर्ने मा आफु आसबादी भएको बताउनु भयो भने प्रहरी प्रसासन लाइ गैह्र कानुनी क्रियाकलाब रोक्न आग्रह गर्नु भयो। झुटो आश्वासन दिने र आचारसंहिताको पालना नगर्ने कार्य निर्वाचन आयोगले रोक्नुपर्ने उहाँको भनाइ छ।
झापाको धुलाबारीमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै ओलीले देशभक्त र राष्ट्रवादीशक्ति एकातिर र अर्कोतर्फ स्वार्थ समूहबीच निर्वाचनमा प्रतिस्पर्धा भइरहेको आरोप लगाउनु भयो ।
उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई कानुनको पूर्ण पालना र आचारसंहिताको ख्याल गर्नका लागि अनुरोध गर्नुभयो। निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचनका लागि सबैको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।
मंगलबार झापा आउनुभएका ओली आज बिहान १० बजेपछि नियमित कार्यक्रम तथा भेटघाटमा सहभागी हुनुभएको छ।