दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान

दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा बिर्तामोडमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
१९९७ सालमा पाँचथरको पौवा सारतापमा जन्मिएका नेम्बाङ बैरागी काइँला, इश्वर बल्लभ, इन्द्रबहादुर राईद्वारा सम्पादित ‘फूलपात पतकर’का प्रकाशक थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएका नेम्बाङ अध्ययन र निर्वासनका क्रममा दार्जिलिङ बस्नु भएकाे थियाे।
कवि प्रकाश थाम्सुहाङले स्वागत गरेको कार्यक्रममा दिव्यविक्रम नेम्बाङमाथि कवि सुन्दर कुरुपले चर्चा गर्नु भएकाे थियाे भने सम्मानित स्रष्टा सुब्बा माथि कवि हाङयुग अज्ञातले बोल्नु भएकाे थियाे । साहित्यकार कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष नन्दहाङ नेम्बाङले आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयाे।
कार्यक्रममा कविहरु भिष्म उप्रेती,लिला अनमाेल, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, याम थुलुङ, राजकुमार अनिश्चित, सेलिङ केसी, मायामितु,सुनिता तामाङ लगायतले रचना वाचन गर्नु भएकाे थियाे ।
