झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। झापा क्षेत्र नम्बर -४ अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित बनेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। सो मतदान केन्द्रमा मतदान सुरु भएको थियो। 

प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको उनले बताए। अहिले सोही विषयमा सर्वदलीय छलफल भइरहेको उनले बताए। मतदान अधिकृतको कमजोरीले त्यसो भएको हुन सक्ने अनुमान गरिएको छ। यता जिल्लाका  ७६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको छन।