चिल्ड्रेन इन्भाइराेमेन्ट स्कुलले आफ्नो वार्षिक उत्सवमा कवि सुदेश सत्यालकाे एकल कविता वाचन

सिईएस कवि सम्मेलन कवि सुदेश सत्याल काे एकल कविता वाचन चिल्ड्रेन इनभाइराेमेन्ट स्कुल बिर्तामोड द्वारा सम्पन्न गरेकाे छ।आफ्नाे भाषा,साहित्य ,कला र संस्कृति काे संवर्धन गर्ने उदेश्य का साथ यस्ताे कार्यक्रम गरिएकाे यस स्कुलका प्रिन्सिपल सन्ताेष लिम्वुले भन्नू भयाे।
यसै स्कुलकाे बाल क्लवकाे अध्यक्ष जस्मिन चौहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख त्रिलाेचन भण्डारी,बिशिस्ट अतिथि केशव खवास,बिशिस्ट अतिथि दुर्गाप्रसाद सिग्देल,कवि तुलसि प्रसाद भट्टराई ,सञ्चारकर्मी केशव भट्टराई लगायत काे उपस्थिति रहेकाे थियाे।

स्वागत यसै स्कुलकी छात्रा गरिमा धमलाले गरेकाे कार्यक्रममा ,कार्यक्रम माथिकाे औचित्यमाथिकाे प्रकाश साहित्यकार संञ्चारकर्मि लिला अनमाेलले गर्नु भएकाे थियाे।
शुभकामना केशव भट्टराई ,दुर्गाप्रसाद सिग्देल,तुलसि भट्टराई र प्रमुख अतिथि भण्डारीले दिनु भएकाे थियाे ।प्रमुख अतिथि भण्डारीले बिर्तामोड नगरमा अतिरिक्त कृयाकलापमा यश स्कुल अगाडि रहेकाेमा स्कुलकाे प्रशंसा गर्नु भयाे ।यस्ता कृयाकलापले हाम्राे कला संसकृतिकाे जगेर्ना गर्न मदत पुगेकाे बताउनु भयाे।
यस स्कुलका बिधार्थि आराेग्य लुईटेल,जस्मिन चौहान र गरिमा धमला ले जाेडदार कविता वाचन गरेका थिए।
हिजाे भएकाे जुनियर कविता प्रतियाेगिता काे सान्त्वना पुरस्कार प्रयुस आले,तृतीय आलाेक लुईटेल,दाेश्राे तृषना प्रधान,प्रथम हिमाल रत्न प्रसाईं, सिनियर कविता प्रतियोगिता अन्तर्गत सान्त्वना प्रजिता ढकाल,तृतिय दिया पौडेल,दाेश्राे अन्जलि न्यौपाने,प्रथम गरिमा धमला रहनु भएकाे थियाे।
बिनिसा लिम्बूलाई लाई सुन्दर कविताकाे लागि अवार्ड बितरण गरिएकाे थियाे।
बिशिस्ट अतिथि अहिले का बहु चर्तित छन्द कवि शुदेस सत्यालले आफ्ना छन्द कविता प्रस्तुत गर्दा दर्शक दिर्घामा रहनु हुने सम्पुर्ण लाई मनत्रमुग्द वनाउनु भएकाे थियाे।
अन्जलि न्यौपाने,दिया पौडेलले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे।लिला अनमाेल र दिनेश राज शर्मा ले कार्यक्रम काे सहजिकरण गर्नु भएकाे थियाे।

