एमाले झापाका अध्यक्ष कार्किकाे घर काे गेटमा तार जडित कुकर फेला
नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका स्थित घरको गेट अगाडि तार जडित कुकर फेला परेकाे छ । बिहान ५:३० बजे संविधानसभा सांसद तथा नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्कीको घरको मुल गेट्को अगाडि एउटा तार जडित कुकर देखिएको हाे ।

पुरानो कुकरमा तार जडान अवस्था रहेको बताए । कुकर कसले राखेको हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।हाल नेपाली सेनाकाे वम डिस्पाेजल टाेलि घट्नास्थलमा पुगेकाे छ।

