इलामका प्रेम प्रसाद आचार्यले संसद भवनअगाडि आत्मदाह गरेको भोलिपल्टबाट बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदर विरुद्ध झापकाे बिर्तामोड मा आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई सातौ दिन प्रमुख जिल्ला अधिकारी शिवराम पाेख्रेल ले अनसनकारि झा लाई जुस ख्वाएर अनसन ताेडाउनु भएकाेछ।उहाले राखेका माग लाई सरकार समक्ष राख्ने प्रतिवद्दताकाे साथमा अनसत ताेडिएकाे छ।कार्यक्रम मा प्रजिअ पाेख्रेल,जिल्ला अनुसन्धान प्रमुख तुलसी प्रसाईं ,उधाेग वाणिज्य बिर्तामोड का पुर्व अध्यक्ष हरु कुमार भट्टराई ,वलराम कार्की ,बरिस्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतकाे उपस्थिति रहेकाे थियाे

बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी  पोखरेलले जानकारी लिदै झाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि अनसनकारीका माग हरु लाई छिटाे भन्दा छिटाे सरकार समक्ष पुर्याउने वताउनु भयाे ।

यसैबीच आज बिहान बिर्तामोडका सामाजिक संघ संस्थाहरुले आज बिर्तामोडमा झाको समर्थनमा मौन र्‍याली निकालेका थिए ।

र्‍यालीलाई चाहना समूह, पूर्वेली युवा क्लब, माडवारी युवा मञ्च, युनाइटेड युवा क्लब , रिकोभरी बिर्तामोड, बिटिएम रक्सको साथ रहेको थियो ।