अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा पाठक सर्वसम्मत चयन

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन हुनु भएकाे छ।
झापा जिल्ला सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो ।
बन्दशत्रबाटै सदस्य चयन गरेको अनेमसंघले पदाधिकारी चयन गर्दै कमिटीलाई पूर्णता दिएको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी उप्रेती, सचिवमा लीला दाहाल, सहसचिवमा सीता विक र कोषाध्यक्षमा कोपिला चम्लागाई सर्वसम्मत चयन भएका छन् ।
अनेमसंघ झापाको नवौं जिल्ला सम्मेलन गत भदौ ६ गते भएको थियो ।
